Aamsanchar

अर्जुनधारामा खडेबाबा उद्यान, आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी द्वारा उद्घाटन

Author Image
सोमवार, मंसिर २५, २०८०

अर्जुनधारा । पूर्वको पशुपतिनाथको नामले पनि प्रसिद्ध अर्जुनधारा जलेश्वर धाम परिसरमा सन्त खडेबाबाको प्रतिमा अनावरण र खडेबाबा उद्यानको उद्घाटन भएको छ ।
हिजो एक कार्यक्रमका बीच पतञ्जलि योगपीठ ९ट्रष्ट० भारत आयुर्वेद लिमिटेड हरिद्वारका मुख्य निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले खडेबाबा उद्यानको उद्घाटन र प्रतिमा अनावरण गरेका हुन् ।

विक्रम सम्वत् २०२३ सालमा झापा जिल्ला साविक पाराखोपी –२ हाल अर्जुनधारा नगरपालिका ७ स्थित अर्जुनधारा जलेश्वरधामको मूल मन्दिर पश्चिम तर्फ जलाशयको किनारमा कैदल वृक्षमुनि  पाँच दिन सम्म मौन व्रत बसेका तपस्वी खडेबाबाले यो ठाउँमा भगवान शिवको बास रहेको र महाभारतकालमा  अर्जुनले विराट राजका गाईहरुलाई पानी  पिउनको लागि धनुषवाण प्रहार गरेर पानी निकालेको ठाउँ हो, यस स्थानमा तत्काल शिवालय स्थापना गर्नु, जलेश्वर नामाकरण गरेर पूजा अर्चना गर्नुका साथै गंगाजीको संरक्षण गर्नु भनेर लिखित सन्देश छाडी अलप भएका सन्त खडेबाबाको स्मृतिमा  वर्तमान धाम समितिले उद्यान निर्माण गरेको धामका कोषाध्यक्ष मनोज जोशीले बताए ।

करिव चार कट्टा क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । खडेबाबाको प्रतिमा, घेराबारा, बाटो, बगैँचालगायत गरि २३ लाख रुपैयाँ लगतमा खडेबाबा उद्यान निर्माण भएको हो । उद्यान निर्माणमा धाम समितिको आन्तरिक आयश्रोत र प्रदेश सरकारको आर्थिक सहयोग रहेको धामका अध्यक्ष नवीन गट्टानीले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर