Aamsanchar

कनकाईमा  सामुदायिक कुकुर बन्ध्याकरण  शिविर  सुरु 

Author Image
शनिवार, पौष ७, २०८०


कनकाई । झापाको कनकाई नगरपालिकामा  तिन दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण  शिविर सुरु भएको छ ।

विगतका वर्षमा आयोजना भएको शिविर जस्तै यस वर्षको शिविर आज (शनिबार) बाट सुरु भएको हो।  शिविरमा ४ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसँगै रेबिज विरुद्धको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिए ।

नेपाल एग्री लाईभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर इटहरी , सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने  कनकाईका भेटनरी अधिकृत कुलबहादुर गुरुङले बताए।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै  कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएपनि कुकुरको प्रकोप बढेकोले  हरेक वर्ष शिविर सञ्चालन गर्नु पर्ने अवस्था रहेको बताए ।

नगर प्रमुख पोखरेलले सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरूबाट रेबिज समेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राखेका छन् ।

गएको वर्ष  दुई सय  २७ भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ ।

कनकाई  ३ स्थित कनकाई सामुदायिक वन परिसरमा एक संक्षिप्‍त कार्यक्रमका बिच नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप प्रमुख आशा शर्मा शिवाकोटी, पशुपक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेल, भेट्नरी अधिकृत कुलबहादुर गुरुङ,  वडा नम्बर २, ३ र ४  का वडाअध्यक्षहरू  प्रताप राई , युवराज चौलागाईं , रोशन सुवेदीलगायतले शिविरलाई प्रभावकारी बनाउन सबै पक्षले रचनात्मक भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।

शिविर पुस ९ गतेसम्म सञ्चालन हुने कर्मचारी विजय पाठकले आमसंचारलाई जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर