Aamsanchar

ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार लुइटेलको निधन

Author Image
मङ्गलवार, पौष १०, २०८०

काठमाडौं – संस्कृत वाङ्मयको महत्त्वपूर्ण कृति ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेदलाई नेपाली भाषामा अनुवाद गर्ने साहित्यकार तिलकप्रसाद लुइटेलको मंगलबार बिहान निधन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ले सामाजिक सञ्जाल फेसबुकमा अनुवाद साहित्यकार लुइटेलको दुवै मृगौलामा संक्रमण भई त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको उल्लेख गरेका छन् ।

साहित्यकार प्रतीक ढकालले कुरा गर्दै लुइटेलले अनुवाद गरेको ऋग्वेद २०६३ मा प्रकाशित भएको बताए । लुइटेलले २०६३ देखि २०६७ सम्ममा सामवेद, यजुर्वेद र अथर्ववेद समेतको अनुवाद गरेर पुस्तक प्रकाशनमा ल्याइसकेको ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर