Aamsanchar

बिर्तामोडमा ग्याङ फाइट, चारजना कलेजका विद्यार्थी खु*कुरीसहित पक्राउ 

Author Image
मङ्गलवार, पौष १७, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा ‘ग्याङ फाइट’ मा संलग्न रहेकामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहानै बिर्तामोड–५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो ।

कलेजको पोशाकमा रहेका आठजना युवाहरुबीच सुरुमा कनकाई कलेज उत्तर देवी माविको छेउमा झगडा परेको थियो । देवी माविका शिक्षकहरुले गाली गरेपछि उनीहरुको झगडा त्यहाँ साम्य भएको थियो ।

उनीहरुको झगडा पछि भद्रपुर बस स्टेन्डसम्म पुगेको थियो । सुरुमा इँटा प्रहरबाट सुरु भएको ग्याङ फाइटमा खुकुरी प्रयोग भएको सूचनालगत्तै पुगेको प्रहरीले घटनास्थलबाट युवाहरुलाई नियन्त्रणमा लिएको हो ।

घटनास्थलबाट चारजना युवाहरुलाई खुकुरीसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । प्रहरीले समयमै युवाहरु नियन्त्रणमा लिएका कारण ठुलो दुर्घटना टरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर-१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही ठाउँका १८ वर्षीय दिपेश पुन मगर र २२ वर्षीय रोहन लिम्बू रहेका छन् ।

श्रोतः

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर