Aamsanchar

अदुवामा गानो कुहिने राेगका कारण उत्पादन घट्यो

Author Image
बिहिवार, पौष १९, २०८०

ओखलढुंगा – अदुवामा रोग देखा परेपछि यसवर्ष ओखलढुंगामा अदुवाको उत्पादन घटेको छ । अदुवामा गानो कुहिने रोग समस्याकै रुपमा देखा परेपछि उत्पादन घटेको हो ।

यो सिजनमा किसानले अदुवा खन्न सुरु गरेपनि रोगका कारण बिउको मूल्य समेत नआउने अवस्था रहेको किसानहरूले बताएका छन् ।

अदुवाको बोट सुक्ने, गाँनो कुहिनेजस्ता कारणले यसवर्ष अदुवा बाली सखाप भएको सिद्धिचरण नगरपालिका– ५, डाँडाखर्कका किसान वीरकाजी राईले बताउनुभयो ।

ओखलढुंगामा अघिल्लो वर्ष १ हजार १ सय ८० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । बाँदरबाट आजित भएका किसान बैकल्पिक बालीका रुपमा अदुवा लगाउन थालेपनि रोगका कारण यहाँका किसान समस्यामा परेका छन् ।

यहाँको डाँडाखर्क, चुप्लु, ढुंगे, विगुटार, राँगादीप, ठाडे, टोड्केलगायतका क्षेत्रमा बढी मात्रामा अदुवा खेती गरिँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर