Aamsanchar

जाडोयाममा अदुवा धेरै प्रयोग गरिनुको चार कारण

Author Image
शनिवार, पौष २१, २०८०

जाडोयाममा अदुवा राखेर बनाइएको चिया सबैको प्रिय हुन्छ । रुघा–खोकि लाग्दा प्रायः अदुवा हालेर चिया अथवा काँडा पिउने सल्लाह दिइन्छ । आयूर्वेदमा पनि अदुवालाई औषधिको रुपमा प्रयोग गरिन्छ ।

अदुवामा पर्याप्त मात्रा भिटामिन सी, क्याल्शियम, फस्फोरस, आइरन, जिन्क, कपरजस्ता पोषक तत्व पाइन्छ । जाडोयाममा अदुवा सेवनका विभिन्न फाइदाहरु छन् ।

अदुवामा पर्याप्त मात्रामा पोषक तत्वका साथै एन्टिअक्सीडेन्ट गुण पाइन्छ, जसले प्रतिरोधक क्षमता बलिया गर्न सहयोग पुर्याउँछ । त्यसैले रुघा–खोकि, घाँटि खस्खसाउने समस्या हुँदा अदुवासहितका खानेकुरा खाने सल्लाह दिइन्छ ।

पाचन प्रणाली

अदुवामा जिन्जरोल नामक कम्पाउण्ड पाइन्छ, जुन पेटका लागि राम्रो मानिन्छ । ग्यास, एसिडिटी, पेट फुल्ने अथवा ब्लोटिङ जस्ता पेटसंग सम्बन्धित रोगबाट राहत पाउनका लागि अदुवा सेवन गर्नु पर्छ ।

ब्लड प्रेसर

अदुवामा पर्याप्त मात्रामा पोटाशियम र एन्टी–अक्सीडेन्ट पाइन्छ, जसले शरीरमा ब्लड प्रेसरको स्तरलाई नियन्त्रण गर्न सहयोग पुर्याउँछ । ब्लड प्रेसरको समस्या भएका मानिसले भोजनमा अदुवालाई समावेश गर्नु पर्छ ।

वजन नियन्त्रण

अदुवामा एन्टी–इन्फ्लामेटरी, एन्टी–अक्सीडेन्ट गुण पाइन्छ, जुन वजन कम गर्नका लागि फाइदाजनक हुन्छ । अदुवाको सेवनले क्यालोरी छिट्टै बर्न हुन्छ । यदि तपाईँ मोटोपनको समस्याको सामना गरिराख्नु भएको छ भने आजदेखि नै अदुवाको सेवन गर्न थाल्नु होला ।

स्वास्थ्य मुटु

अदुवामा भिटामिन, मिनरल्स र अमीनो एसिड पाइन्छ, जसले शरीरमा रगतको सर्कुलेशनलाई स्वस्थ्य राख्नमा सहयोग पुर्याउँछ । अदुवा खानाले हृदयघात, हर्ट स्ट्रोकको खतरा कम हुन्छ । त्यसैले मुटुलाई स्वास्थ्य बनाइ राख्नका लागि अदुवा खान आवश्यक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१