Aamsanchar

उर्लाबारी ३ मा लुडो र क्यारेम खेल्न प्रतिबन्ध

Author Image
सोमवार, पौष २३, २०८०

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।

वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुर्व्यसनमा फसाउन सघाउ पुगेको दाबी गर्दै उनले भने,‘केही समय हेरौँ, के बदलाव आउँछ ।’ वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए ।

उनले भने, ‘सार्वजनिक स्थल र पसलहरूमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गरेको गुनासो आयो। त्यसपछि आइतबार बसेको वडा समितिको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।’ क्यारम र लुडो खेलाउने पसललाई पहिलो पटकका लागि ५ रुपैयाँ जरिवाना गरिने पनि उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर