Aamsanchar

कनकाइमा मोटरसाइल दुर्घटना, स्थानीय तीनजना किशोर घाइते

Author Image
सोमवार, पौष २३, २०८०

कनकाई ।  झापाको कनकाई नगरपालिका –३ चारआली चौकमा मोटरसाइकल दुर्घटनामा परि तीनजना बालक घाईते भएका छन ।
आज बेलुका ५ बजे भएको दुर्घटनामा स्थानीय सुसन थापा, सोहन बिक र राजु लुँइटेल घाईते भएका हुन ।

को ३९ प ३५२८ मोटरसाइकल दुर्घटनामा चालक सुसन थापा र साथमा सवार रहेका सोहन विकको बिर्तामोड स्थित विर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ भने अर्का घाइते राजु लुईटेलको कनकाई हस्पिटलमा उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको चिकित्सकले जनाएका छन् ।

दुर्घटनामा घाइते हुनेहरू तीनैजना नाबालक रहेका छन् ।

दुर्घटनामा मोटरसाइकल पूर्ण क्षति भएको छ । सडक किनारमा रहेको फलामको पोलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ । तीब्र गतिमा सुरुंगाबाट दक्षिण तर्फ लागेको मोटरसाइकल सुरुंगाका साउण्ड व्यवसायी दिपेश तिवारीको रहेको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
9
Views: 167

प्रतिक्रिया (०)