![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/मसलाको-रुख.webp)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
हो , पछिल्ला अध्यनहरुले मसलाको रुख कै कारण मधेश मरुभूमितर्फ उन्मुख हुँदै गएको देखाएको छ । यो रुख पारिस्थितिक प्रणालीका हिसावले मात्र घातक हैन पानीका मुहानहरु सुकाउने मुख्य अस्त्र बनेको विज्ञहरु बताउँछन । लामो समयदेखि चुरे र वातावरणिय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवका अनुसार एउटा वयस्क रुखले ६२ लिटरसम्म पानी पिउने गर्दछ । वरपर लामो दूरीसम्मको पानीलाई चुम्बक जसरी तान्ने हुदा उत्पादनमा समेत मसलाको रुख घातक वनिरहेको उन्को भनाई छ ।
यो रुखले पारिस्थितिक प्रणालीमा समेत उथलपुथल बनाईरहेको एक अध्यणले देखाएको छ । यहाँ न चराचुरुङ्गीले बासस्थान बनाउछन न त किराहरुले नै । वनमा लगाईएको मसलाका रुखहरुले त अन्य रुखहरुको अस्तित्व नै नष्ट गर्ने गरेको बिज्ञहरुको निष्कर्ष छ । यो रुख वातावरणिय हिसावले निक्कै घातक रहेको स्थानियहरुले समेत महसुस गर्न थालेका छन । ५ बर्ष अगाडीसम्म पानी पाईरहने मुहानहरु यो रुख कै कारण सुकेका र सुक्ने क्रम जारी रहेको बर्दिवास-७ रमदेव महतो बताउँछन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो बिरुवा छिटो बढेपछि स्थानियहरुको आकर्षण त बढयो तर बिस्तारै यही रुखको कारण मरुभूमि बनेको कसैलाई थाहा नै छैन,झ उनले भने, हामीले त लगाउन छाडिसक्यौ ।
अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर मसला रुखहरु भएको ठाउँमा घाँस नै नपाइने गरेको महतोको अनुभव छ । महतोले आजकाल यही कारणले बाख्रा, बस्तु समेत पाल्न छाडेका छन् । जंगलभरि मसलाका रुखहरु फैलँदै गएपछी पशुपालनको समस्या बढिरहेको उनको बुझाई छ । यो मैले मात्र हैन गाउँभरीका धेरै मानिसहरुले बुझेका छन्, झ उनले भने, ञ अब यो बिरुवा र रुखको अस्तित्व मधेशबाट नै मेट्नुपर्छ ।
२०३४ सालतिर सागरनाथ वन परियोजनाले एक भारतिय प्रोजेक्टको माध्यमवाट नेपाल भित्र्याएको यो रुख अहिले मधेशभरि फैलिएको छ । सागरनाथ वन परियोजना अन्तर्गतका र वन डिभिजन अन्तर्गतका जंगलमा मात्र हैन किसानका खेतवारीमा समेत यो रुख व्यवसायिकरुपमा प्रयोग गरिएको छ ।
यसको पातमा समेत एसिड हुने गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । जसका कारण पात जमिनमा झरेर जादा वरिपरिको हरियोपनलाई नष्ट गर्ने र अन्य झारपातहरु समेत उम्रन नदिएर जमिनलाई नै बन्झर बनाउने अर्को समस्या रहेको बिज्ञहरु बताउँछन् ।
स्थानीय बासिन्दाहरु मसलाको रुख कै कारण खेतीपातीवाट समेत पलायन हुनुपर्ने स्थिति सिर्जना भएको गुनासो गर्छन् । गौशाला नगरपालिका कि गीतादेवी भन्छिन्, ञगाउँलेले खेतमा रोपेका विरुवाका कारण समस्या बढिरहेको छ । कलको पानी सुकेको छ भने इनार पनि धमाधम सुकिरहेका छन् ।
तथ्यांकअनुसार सागरनाथ वन परियोजना अन्तर्गत १० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा यो बिरुवा लगाईएको छ । १ बिघामा १६ सयसम्म बिरुवा रोपिने हुँदा सागरनाथ वन परियोजनामा मात्र १ करोड भन्दा बढी मसलाका बिरुवाहरु हुन सक्ने जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झा बताउँछन् ।
अझ किसानहरुले खेतका डिल र खेतमा व्यावसायिक खेती नै गरेको देखिएको छ । जस्ले उत्पादनमा समेत कमि आएको स्वयम् किसानहरुको अनुभव छ । ५ बर्ष अगाडिसम्म खेतमा राम्रै उत्पादन हुन्थ्यो तर आजकाल यो मसलाको रुख रोपेको २ सय मिटर वरपरसम्म उत्पादन नै हुन छाड्यो, रामगोपालपुरका स्थानीय किसान रामसरोज यादवले भने, ५ बर्ष अगाडि उत्पादित उपज बेच्थे, अहिले किन्नुपर्छ ।
अहिले मधेशका निजी जमिनमा समेत गरेर झण्डै ६ करोड बिरुवा रहेको आकलन गरिएको छ । पर्यावरणविद् चिरञ्जीवी भट्टराई यो विरुवाको विषयमा थप अध्ययन गरि निष्कर्षमा पुग्नुपर्ने बताउछन् । यसैलाई लिएर मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमा छलफल र बहस भइरहेको छ । वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सूचना अधिकारी बेचन कुमार महतोको अनुसार मसलाको रुखलाई लिएर बिज्ञहरुबीच गम्भीर छलफल भइरहेको छ ।
रुखको स्वभाव कै कारण पर्यावरणमा असर पर्ने आकलन गर्न सकिने बताउँदै जमिनमुनि र जमिनमाथिको भाग बराबर हुने हुदा पनि पानीको मात्रा अन्य बोटबिरुवाको तुलनामा बढी पानी खपत् गर्न सक्ने उनको भनाई छ ।
ञअनुभव नै वास्तवमा विज्ञान हो । त्यसो हुँदा स्थानीय तथा भुक्तभोगीहरुको अनुभव सुन्दा यो रुख हानिकारक नै भएको अनुमान लगाउन सकिन्छ ।झ सुचना अधिकारी महतोले भने । ञथप अध्यण गरेर सरकारले सकेसम्म नीति नै बनाउदा राम्रो हो ।
सडक सौन्दर्यका लागी समेत सडक बिभागले यो रुख दायाँबायाँ रोप्दै आएको छ । जुन दुर्घटनाको कारक समेत वनिरहेको देखिएको छ । यस्को हागा निक्कै कमजोर हुने हुदा सानोतिनो हावाहुरीले पनि असर पुर्याउन सक्ने हुदा सडक अवरोधका साथै दुर्घटना समेत बढीरहेको ट्राफिक तथ्यांकले पुष्टि गर्दछ ।
यस्को हागा भाचिएर सडकमा दुर्घटना हुदा एक बर्षको अवधीमा झण्डै १० जनाको मधेशमा ज्यान समेत गैइरहेको प्रहरीको तथ्यांक छ । कृषि बिज्ञ राजेन्द्र देवकोटाका अनुसार यो रुख २५ देखि ५० मिटर अनि २ मिटर सम्म को गोलाई हुन्छ ‘अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पति भएको मानिन्छ’ भारतमा १८४३ मा बेलायती नागरिकले तामिल नाडूमा ल्याएर रोपेपछि भारत लगायत यसको बिरुवा नेपाल सम्म विस्तार भएको मानिन्छ ।