![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/InShot_20240110_093940717.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)विजयी भएको छ । हिजो भएको चुनावमा पीडीपीले संसदमा झण्डै दुई तिहाइ सिट जितेको हो । जितसँगै ५८ वर्षीय तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने हुनुहुने भएको स्थानीय दि भुटानी पत्रिकालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
आर्थिक सङ्कटकाबीच भएको चुनावमा भुटानका पूर्वप्रधानमन्त्री तोब्गेको पार्टी पीडीपीले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा ३० सिट जितेको र प्रतिद्वन्द्वी भुटान टेन्ड्रेल पार्टी (बीटीपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको खबरमा उल्लेख छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
चुनावको आधिकारिक नतिजा भने आज आउने छ । दुवै दलले नागरिकको खुसी र कल्याणले आफ्नो सफलता मापन गर्ने सरकारको संवैधानिकरूपमा स्थापित दर्शनका लागि प्रतिबद्ध रहेको जनाएका छन् ।
भूटानमा नागरिकले युवा पुस्ताको सङ्घर्ष, दीर्घकालीन युवा बेरोजगारी र प्रतिभा पलायनको समस्या समाधान हुने अपेक्षा गरेर मतदान गरेको बताएका छन् ।