Aamsanchar

कोठामा कोइला बाल्दा निसास्सिएर ५ बालबालिकाको मृ*त्यु

Author Image
बुधवार, पौष २५, २०८०


नयाँ दिल्ली – भारतको उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा निसास्सिएर ५ बालबालिकाको मृत्यु भएको छ ।

अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार, ´यो घटना अमरोहा जिल्लाको ढाका गाउँमा भएको हो। कोठामा कोइला बालेर खाना पकाइएको थियो। सोही कोठामा सात जना सुतिरहेका थिए।`

´कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो। जसमा दुई केटा र तीन केटी छन्`, उनले भने।
२ जना घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ। बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर