Aamsanchar

तुलसीपुर–घोराही–लमही सडक खण्डमा ‘टाइमकार्ड’ लागु गरिने

Author Image
बुधवार, पौष २५, २०८०


दाङ – सहिद कृष्णसेन इच्छुक मार्गअन्तर्गत तुलसीपुर–घोराही–लमही सडक खण्डमा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सिमित गर्न ‘टाइमकार्ड’ लागु गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङमा केही दिन अघि दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनिकरणका लागि टाइमकार्ड लागू गर्ने निर्णय भएको हो ।

दाङमा चालु आर्थिक वर्षको ८ महिनामा ८९ वटा दुर्घटना भएका छन् । दुर्घटनामा २८ जनाको मृत्यु, ९५ जना गम्भीर घाइते र ४४ जना सामान्य घाइते भएका छन् ।

तुलसीपुर–घोराही–लमही सडक खण्डमा चल्ने सवारी साधनहरू समयलाई ख्याल नगरी लापरबाही ढंगले सञ्चालन हुँदा दुर्घटना हुने भएकाले सबै सरोकारवालाहरू बसेर टाइम कार्ड लागू गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनु भयो ।

यातायात व्यवसायीहरूले भने दुर्घटना न्यूनिकरण गर्न टाइम टाइमसँगसँगै क्यामेरा सिस्टममा जानु पर्ने बताउँछन् । टाइमकार्ड लागू गर्दा गाडीहरू तोकिएको समय ठाउँमा पुग्नका लागि तीब्र गतिमा चलाउन सक्ने भएकाले न्यूनिकरण गर्न गाडिले गाडीलाई नै धपाउने वा क्यामेरा सिस्टम नै उपयुक्त हुने त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)