Aamsanchar

पक्राउ परेका (तपस्वी) रामबहादुर बम्जनलाई सर्लाहीमा पठाउने तयारी

Author Image
बुधवार, पौष २५, २०८०

काठमाडौँ। प्रहरी नियन्त्रणमा रहेका (तपस्वी) रामबहादुर बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको छ । उनी मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका थिए । बम्जनलाई सर्लाहीमा पठाउन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले जानकारी दिइन् ।

जिल्ला अदालत सर्लाहीमा बम्जन विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । एआईजी बज्राचार्यले भनिन्, ‘बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतबाट वारेन्ट जारी भएको छ, आज हामी त्यहाँ उपस्थित गराउँछौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर