Aamsanchar

कोशी प्रदेशका सभामुखले बधाई खाई नसक्दै पद त्याग्नु पर्ने निर्देशन 

Author Image
बुधवार, पौष २५, २०८०

झापा ।  कोशी प्रदेश को सभामुखमा निर्वाचित भएर बधाई खाइरहेको अवस्थामा सभामुख अमरबहादुर विष्टलाई सभामुख पद त्याग गराउन राप्रपा केन्द्रिय निर्देशन समितिले केन्द्रिय समितिलाई विज्ञप्ति मार्फत निर्देशन दिएको छ ।

हिजो जारी भएको विज्ञप्तिमा केन्द्रिय पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने मुद्दामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो । तर यस विपरित कोशी प्रदेशमा सभामुखको लागि उम्मेदवारी दिनु भएको छ । अतः निर्देशन समितिले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय समिति कार्यसमितिरकार्य सम्पादन समिति निर्देशन गर्दछ भनेर उल्लेख छ ।

केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीद्वारा हस्ताक्षर भएको विज्ञप्ति अनुसार राप्रपाबाट सभामुख बनेका विष्टले  सभामुख पद त्याग गर्नुगर्ने हुनसक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर