Aamsanchar

तरकारीबालीमा डढुवा रोगको जोखिम

Author Image
बिहिवार, पौष २६, २०८०

काठमाण्डौ – चिसो र शीतका कारण तरकारीबालीमा डढुवा रोगको जोखिम बढेको छ । रातमा तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आर्द्रता बढ्न गइ शीत पर्ने गर्छ । यसबाट बालीमा विभिन्न रोगको सङ्क्रमण बढ्ने गरेको छ । आलु, गोलभेँडालगायतमा समस्या देखिएको कैलालीका किसान नारायण चौधरीले बताउनुभयो ।

पुसरमाघमा बर्सेनि डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उहाँ बताउनुहुन्छ । कतिपय किसानले टनेल बनाएर गोलभेँडालगायत तरकारी बाली लगाउने गरेका छन् ।

सातरआठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सके बाली जोगाउन सकिने कृषि प्राविधिकको सल्लाह छ । तर एउटै बालीमा पटकरपटक विषादी छर्किन कमजोर आर्थिक अवस्था भएका किसानलाई समस्या छ । यसबाट लागत खर्च धेरै पर्ने उनीहरुको गुनासो छ ।

शीत पर्ने र आर्द्रता बढ्ने हुँदा सुषुुप्त अवस्थामा रहेका ढुसी सक्रिय हुने कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । डढुवा रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर