Aamsanchar

पूर्वन्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास

Author Image
आइतवार, पौष २९, २०८०

काठमाडौं – पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्। आइतबार दिउँसो सर्वोच्च पुगेकी गिरीकी श्रीमती आरती रावलले आफैमाथि पेट्रोल छर्किएर आत्मदाहाको प्रयास गरेकी हुन्।

घटना लगत्तै उनलाई प्रहरीले उद्दार गरी उपचारका लागि वीर अस्पताल लगिएको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले बताए।

उनले आफ्ना श्रीमान गिरीविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। यसअघि गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी कपिलवस्तु नै पठाएको थियो।

 

पछि पक्राउ परेका गिरीलाई कपिलवस्तु जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतले धरौटीमा छोडेको थियो। धरौटीमा छुटेपछि मान्छे लगाएर ज्यान मार्ने धम्की दिँदै आएको उनको आरोप छ।

गिरीलाई कारबाही गर्नुको साटो धरौटीमा छुटाएर मुद्दा प्रभावित बनाएको भन्दै काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी थिइन्। उनले निलम्बनमा परेका न्यायाधीश गिरीको सरकारी सेवासुविधा खारेज हुनुपर्ने,आफूलाई सरकारले जीविकोपार्जनको व्यवस्था गरिदिनुपर्नेलगायत माग राख्दै आमन अनसन थालेकी थिइन्।

गिरी र रावलबीच प्रेम सम्बन्धपछि विवाह भएको थियो। आफूलाई औषधि खुवाएर गर्भपतन गराएको ,बन्धक बनाएर कुटपिट गरेको,अप्राकृति मैथुन गरेको भन्दै श्रीमानविरुद्ध कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरी हालेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर