Aamsanchar

यो दानाले पेटसम्बन्धी रोगलाई जरैदेखि हटाइदिन्छ, कस्ले खान हुँदैन ?

Author Image
आइतवार, पौष २९, २०८०

काठमाडौँ – व्यस्त समय तालिकाबिच आफ्नो स्वास्थ्यको ख्याल राख्नु निकै ठूलो चुनौती हो । यस्तोमा खानपान राम्रो भएन भने अनेक खालको रोगले समात्छ । सबैभन्दा ठूलो समस्या चाँहि पेटसम्बन्धी रोग हो । तर केही नियमहरु अपनाएर पेटको रोगसहित अन्य बिमारीलाई हामी टाढा भगाउन सक्छौँ ।

आलस आयुर्वेदिक औषधि हो । खैरो रंगको मसिनो यस दानाको नियमित प्रयोगले पाचनलाई सुधारेर पेटलाई तन्दरुस्त राख्न सकिन्छ भने पाचन शक्ति पनि बलियो बनाउँछ । यसले मुटुसम्बन्धी रोग, दोस्रो खालको मधुमेह र क्यान्सरको जोखिम कम गर्ने पनि बताइएको छ । हाम्रो अधिकांश समस्या पेटबाटै सुरु हुन्छ । तर पेटको समस्या समाधानका लागि आलस आयुर्वेदको अचुक वरदान हो । आलसलाई त्यत्तिकै चपाएर पनि खान सकिन्छ । कसै कसैले चाँहि यसको लड्डु बनाएर पनि खान्छन् । यसलाई अचारमा छोपको रुपमा पनि खान सकिन्छ । यसको प्रयोगका अन्य तरिकाहरु पनि छन् ।

अत्यावश्यक पोषक तत्वः

हरेक सय ग्राम आलसमा ५३४ क्यालोरी पाइन्छ । यसमा ४२ प्रतिशत फ्याट, २९ प्रतिशत कार्बन र १८ प्रतिशत प्रोटिन हुन्छ । यसमा ९५ प्रतिशत फाइबर हुन्छ । आलसमा ओमेगा थ्री, ओमेगा सिक्स, फ्याटी एसिड पाइन्छ । यसले मधेमेह, पेटसँग सम्बन्धी समस्या वा अन्य गम्भीर रोगको विरुद्धमा काम गर्छ । आलसमा पोषक तत्त्व भरपुर मात्रामा पाइने हुँदा यसले हामीलाई मधुमेह र पेटसम्बन्धी समस्याहरुबाट बचाउने काम पनि गर्छ ।

पेटसम्बन्धी रोगलाई हटाउँछ

एक तिहाई मान्छेहरूमा पेटको समस्या हुन्छ । बद्लिँदो मौसम र खानपिनका कारण जुनसुकै बेला पेटको समस्या आउँन सक्छ । त्यसैले स्वस्थ रहन र गम्भीर रोगबाट बच्न चाहने व्यक्तिले आफ्नो डाइटमा आलसलाई सामेल गर्नुपर्छ ।

गर्भवती महिलाले खानु हुन्न आलस

डाक्टरहरुका अनुसार हरेक व्यक्तिले आलसको सेवन गर्न सक्छन् । तर गर्भवती महिलाहरुलाई भने सकेसम्म आलसको सेवन नगर्न भनिन्छ । किनकि यसमा एस्ट्रोजन हर्मोन हुन्छ । यसले गर्भवती महिलालाई नोक्सान पुर्याउन सक्छ । गर्भवती महिला बाहेक ज्येष्ठ नागरिक र बच्चा हरेकले आलस खान सक्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर