Aamsanchar

महारानी द्वितीयले गद्दी त्यागेसँगै डेनमार्कका युवराज फ्रेडरिक राजा घाेषित

Author Image
सोमवार, माघ १, २०८०

डेनमार्कका युवराज फ्रेडरिक राजा हुनुभएको छ । उहाँलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गर्नुभएको हो ।

महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ ।

यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गर्नुभएको थियो । त्यही समयमा उहाँले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर