Aamsanchar

जनवरी १ मा गएको जापान भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २० जना पुग्यो

Author Image
सोमवार, माघ १, २०८०

जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ ।

इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म दुई सय २० जनाको शव भेटिएको हो । अझै २० जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी ९जेएमए० का अनुसार उत्तरी र पूर्वी जापानमा हिजोदेखि तीव्र हावाहुरी चल्न थालेको छ । भोलिसम्म हिमपात र उच्च छाल आउने सम्भावना रहेको खबरमा उल्लेख छ । यसका कारण भूकम्प प्रभावितलाई समस्या हुनसक्ने भन्दै मौसम सम्बन्धी कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर