Aamsanchar

बर्दियामा २१ जना नेता कार्यकर्ताले (रास्वपा) पार्टी परित्याग गरे 

Author Image
सोमवार, माघ १, २०८०

बर्दिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बर्दिया जिल्लाका २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
नेतृत्व पङ्क्तिमा हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुटउपगुट मौलाएको भन्दै उनिहरुले राजीनाम दिएको विज्ञप्तिमा उल्लेख छ ।

गुलरिया नगरपालिका ४ का २१ जना अगुवा नेता कार्यकर्ताले सामूहिक रूपमा पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टीका जिल्ला संयोजकलाई सम्बोधन गरेर उनीहरूले पार्टी परित्याग गरेको पत्रमा उल्लेख छ । पार्टी छोड्नेमा रास्वपाका वडा सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादव लगायतले पार्टी छाडेको भन्दै बोधार्थ नगर समिति,प्रदेश समिति,केन्द्रीय समितिलाई दिएका छन् ।

जिल्ला अध्यक्ष देवराज पाठकका अनुसार २१ मध्ये ३ जना पहिल्यै पार्टीको कारबाहीमा परेका हुन् । अरूको हकमा छानबिन भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर