Aamsanchar

युक्रेनको सेनाले रुसी जासूस सैन्य विमान खसालेको दाबी

Author Image
मङ्गलवार, माघ २, २०८०

युक्रेनको सेनाले आजोभ सागरमा रुसी जासूस सैन्य विमान खसालेको दाबी गरेको छ ।

युक्रेनी सेना प्रमुखले वायुसेनाले लामो दूरीको राडार पत्ता लगाउने रुसको विमानलाई नष्ट गरेको बताएका बीबीसी हिन्दीले जनाएको छ । यो विमानले रुसको हवाई सुरक्षा प्रणाली पत्ता लगाएर अरु जेट विमानहरूको सम्भावित निशाना पहिले नै पत्ता लगाउने गरेको थियो । यसअघि युक्रेन लगातार दक्षिणपूर्वी क्षेत्रमा रुसमाथि कब्जा जमाउन असफल भएको थियो । तर युक्रेनले सैन्य विमान खसालेको कुरालाई विज्ञहरूले रुसको हवाई शक्तिका लागि ठूलो धक्का पुगेको मानिरहेका छन् ।

रुसी विशेषज्ञहरूले ए–५० नामको रुसी जासूस सैन्य विमानको विनाश ठूलो कुरा भएको बताएका खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर