स्कुलले आज खेलकुद कार्यक्रम उद्घाटन गर्न सजावटको लागि बेलुन तयार गर्न को लागि भारत सिलिगुडीको पार्टी डेकोरेसन सिलिगुडी नाम डेकोरेसनलाई जिम्मा दिएको थियो उक्त डेकोरेसनबाट कामका लागि खटिएका भारत सिलिगुडीका वर्ष ५५ का गणेश सहनी दुर्घटनामा गरेका हुन ।
सिलिन्डर विस्फोट हुँदा सहनीको कम्मरमुनिको भाग क्षत विक्षत भएको छ । उनको हाल बिर्तामोड स्थित बिएन्डबी अस्पतालमा चिन्ताजनक अवस्थामा उपचार भइरहेको स्कुलका प्रिन्सिपल ताराकुमार प्रसाईँले जानकारी दिएका छन् ।
विद्यालयको अग्रभागमा नाइट्रोजन सिलिन्डर ल्याएर बेलुनमा हावा भर्न तयार भएका सहनीलाई प्रिन्सिपलले एकान्त कुनामा बेलुन मा हावा भर्न सहनीलाई भने पछि सहनीले स्कुलको उत्तर तर्फको कुनामा बेलुनमा हावा भर्न सुरु गरेका थिए । बिहान ९ बजेर ३० मिनेटमा नाइट्रोजन ग्यास सिलिन्डर विस्फोट भएको हो, उक्त घटनामा विद्यार्थीहरू भने सुरक्षित रहेको स्कुलका एक कर्मचारीले आमसंचारलाई बताए ।
उनले भने ‘यदि विद्यार्थीहरूको भिड भएको ठाउँमा नाइट्रोजन ग्यास सिलिन्डर विस्फोट भएको थियो भने भयावह अवस्था हुने थियो ।’
यतिबेला स्कुलमा प्रहरीहरूले घटनाको बारे जाँचबुझ गरिरहेका छन् । घटनाको खबर फैलिएर पनि स्कुलमा सर्वसाधारणहरूको भिड बढेको छ ।
नाइट्रोजन सिलिन्डर विस्फोट हुँदा सहनीको खुट्टाको मासुहरू टुक्रा टुक्रा भएर स्कुलको प्राङ्गणमा छरिएको छ ।