Aamsanchar

रुसको भोरोनेज सहरमा युक्रेनकाे ड्रोन आक्रमण, आपत्कालीन अवस्थाको घोषणा

Author Image
मङ्गलवार, माघ २, २०८०

युक्रेनले ड्रोन आक्रमण गरेपछि रुसको भोरोनेज सहरमा आपत्कालीन अवस्थाको घोषणा भएको छ ।

युक्रेनले लगातार आक्रमण गरेपछि आपत्कालको घोषणा गर्नुपरेको भोरोनेज सहरका मेयर वादिम कस्टेनिनले बताउनुभएको छ । आक्रमणबाट भएको क्षति र त्यसको मूल्याङ्कन एक आयोगले गर्ने पनि उहाँले जानकारी दिनुभएको छ । ड्रोन आक्रमणका कारण विस्थापित भएकाहरूलाई स्कुलमा राखिएको छ ।

यसअघि वोरोनेज क्षेत्रमा युक्रेनले लगातार गरेका ड्रोन आक्रमणलाई रुसी प्रतिरक्षा प्रणालीले ध्वस्त बनाइदिएको थियो । रुसी रक्षा मन्त्रालयले वोरोनेज क्षेत्रमा ३ वटा युक्रेनी ड्रोन खसालेको जानकारी दिएको छ ।

केही महिनायता रुस र युक्रेन एकअर्काले आक्रमणलाई तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)