Aamsanchar

सामाजिक उत्तरदायित्व भूमिका निभाउदै सिम्रिक (साकोस )

Author Image
बुधवार, माघ ३, २०८०

न्यानो कपडा दिन उस्थित विपन्न ज्येष्ठ नागरिकहरु ।

बिर्तामोड । वर्षमा पर्ने ६ वटा ऋतु मध्ये माघ र फागुन महिनामा पर्ने शिशिर ऋतु सम्पन्न व्यक्तिहरूको लागि अरु ऋतुहरू भन्दा रमाइलो र घमाइलो हुने गरेको छ । यही वेला बनभोज र विभिन्न पर्यटन क्षेत्रमा देखिने मानिसको चहलपहलले माथिको कुरालाई पुष्टि गर्छ । चिसो मौसममा न्यानो, बाक्ला लुगा लगालगाएर हिँडडुलमा निस्कनु, तातो खानेकुराहरू खानु र जाडो छल्ने सिरक, बल्याङ्केट ओडेर सुत्नुको मज्जा छुट्टै हुने भनेर सम्पन्न परिवार, व्यक्तिहरूले  गाउँ समाजमा चर्चा गर्ने गरेको सुन्न पाइन्छ ।

तर जाडोको सिजन शिशिर ऋतु विपन्न, ज्येष्ठ नागरिकहरूको लागि भने एक कष्टपूर्ण क्षण बन्ने गरेको छ । आर्थिक र शारीरिक अवस्था कमजोरकी कारण समाजमा धेरै विपन्न, ज्येष्ठ नागरिकहरूले शिशिर ऋतु कहिले जान्छ र न्यानो महसुस गर्न सकिन्छ भनेर गनथन गर्ने गरेको पनि पाइन्छ ।

यसै सेरोफेरोमा भने आज शिशिर ऋतु सुरु भएको तेस्रो दिन अर्थात माघ ३ गते बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टाबारी स्थित जलकन्या मन्दिरमा विपन्न, ज्येष्ठ नागरिकहरू जाडोले काँप्दै पुगेका थिए । एक पछि अर्को गर्दै ज्येष्ठ नागरिकहरू मन्दिरमा भेला भएका थिए । अरुबेला पूजा आजा र भजन कीर्तन हुँदा मात्र पुग्ने ज्येष्ठ नागरिकहरू आज भने न्यानो कपडा पाउने भएपछि पुगेका हुन ।
बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजना र स्थानीय मसले कृषि सहकारी संस्थाको सहजिकरणमा आयोजित ब्लाङकेट वितरण कार्यक्रममा १ सय ४० जना विपन्न तथा ज्येष्ठ नागरिकहरू न्यानो कपडा ब्लाङकेट पाएका छन् ।

संस्थाका अध्यक्ष सुवास भट्टराई ।

सहकारीले हरेक वर्ष गर्दै आएको सामाजिक उत्तरदायित्व सामाजिक कार्य अन्तरगत एउटा कार्यक्रम बिर्तामोडमा ६ मा आयोजना गरिएको हो । यस अघि केही ठाउँमा सामाजिक कार्य गरिसकेको र आँउदो साता भित्र पनि यस्तै कार्यक्रम आयोजना गरिने जानकारी गराउँदै  यस वर्ष सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमको लागि  सहकारीको विभिन्न कोष बाट २० लाख रुपैयाँ खर्च गरिने सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले बताए ।
सहकारीले ज्येष्ठ नागरिकहरूलाई चिसोबाट बच्न सहयोग पुगोस् भनेर न्यानो कपडा वितरण सँगै उपस्थित सबैलाई मिष्ठान्न भोजन पनि गराएको थियो ।

प्रमुख अतिथि, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईँ ।

ज्येष्ठ नागरिकहरूलाई कार्यक्रमकी प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईँले न्यानो कपडा वितरणको शुभारम्भ गरेपछि  सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, बिर्तामोड ६ वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, ७ नम्बरका वडाध्यक्ष अविरलकृष्ण खरेल लगायत अतिथिहरूले ज्येष्ठ नागरिकहरूलाई ब्लाङकेट वितरण गरेका थिए ।
कार्यक्रममा औचित्यमाथि प्रकाश साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत पारेका थिए । स्वागत सञ्चालक समिति सदस्य नवीन योगी र सञ्चालन सिम्रिकका विभागिय प्रमुख विजय बस्नेतले गरेका थिए ।
सहकारीहरुले नीति नै बनाएर सर्वसाधारण नागरिकहरूको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आउने गरेका छन् । बिर्तामोडको सिम्रिक साकोसले आफ्ना सदस्यहरूका विभिन्न आर्कषक कार्यक्रमहरू कार्यन्वयन गर्दै आएको छ ।
२०६७ सालमा स्थापना भएको सिम्रिक साकोसको झापा, मोरङ, इलाम र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको छ ।  हाल सिम्रिक सहकारीको ५० वटा सेवा केन्द्रहरू रहेको छ । ३ सय ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ६२ हजार शेयर सदस्यहरू रहेका छन भने सामाजिक कार्य गर्नको लागि सिम्रिकमा विभिन्न कोषमा गरि २१ करोड रुपैयाँ रहेको जनाइएको छ ।
नागरिकको सुख दुखको साथी बन्दै आउको सहकारीले एक घर एक सदस्य अभियान, सिम्रिक सफलताको हाम्रो पहिचान भन्ने नारा बनाएको छ ।

भिडियो पनि हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)