Aamsanchar

गाउदै गर्दा एक व्यक्तिलाई ब्याक-किक हाने पछि राजेशपायल राईको सर्वत्र आलोचना

Author Image
बिहिवार, माघ ४, २०८०

फोटो श्रोत: सामाजिक सञ्जाल ।

झापा ।  गायक राजेशपायल राईले  एक व्यक्तिलाई स्टेजमै लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

केही दिनअघि एक फेसबुक पेजबाट अपलोड भएको उक्त भिडियोलाई सामाजिक सञ्जालमा अन्यले पनि सेयर गरेका छन् ।

मञ्चमा प्रस्तुति दिइरहेको बेला राजेशपायलले अर्का एक व्यक्तिलाई ब्याक-किक हानेर स्टेजबाट धपाएको दृश्य भिडियोमा छ । उनले प्रस्तुति दिइरहेको बेला एक व्यक्ति पछाडिबाट आउँछन् र राजेशपायलसँग कानेखुसी गर्न थाल्छन् । सोही वेला हेर्दै नहेरी पायलले कानेखुसी गर्ने व्यक्तिलाई ब्याक-किक हानेका छन् ।  त्यसरी लात हान्नु को कारण अरु पनि हुनसक्छ । त्यसरी पायलको लात्ती खाने व्यक्ति भने झापा अर्जुनधाराका स्थानीय कमेडीयन कलाकार राकेश कमेडी नामले चिनिने व्यक्ति भएको उक्त भिडियोको कमेन्टमा उल्लेख भएको देख्न सकिन्छ । 

उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा धेरैले राजेशपायललाई गाली गरिरहेका छन् । ती भिडियोको कमेन्टमा विभिन्न थरी प्रतिक्रिया आइरहेको छ । कतिपयले राजेशपायलले मादक पदार्थ सेवन गरेको बताएका छन् भने कतिपयले राकेशले कलाकार पायललाई गायन प्रस्तुत गर्न असहज बनाएको लात्ती हान्नु परेको भनेर राजेशपायलको बचाउ गरिरहेका छन् ।

तर उक्त भिडियो कहिलेको हो भन्ने चाहिँ खुलेको छैन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर