Aamsanchar

वीरता लेडी जेसीजको अध्यक्षमा मेनुका निर्वाचित 

Author Image
बिहिवार, माघ ४, २०८०

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजको नयाँ कार्यसमिति निर्वाचन प्रक्रियाबाट चयन भएको छ ।
सन् २०२४ को लागि अध्यक्ष पदमा मेनुका ओली (मिनु) निर्वाचित भएकी छन् । अर्की अध्यक्ष पदकी उम्मेदवार युनिता दवाडीलाई पराजित गर्दै ओली अध्यक्ष भएकी हुन ।  दवाडीलाई १६ मतको मतान्तरबाट ओली विजयी बनेकी हुन । अध्यक्ष ओलीले ४६ मत ल्याँउदा उपविजेता दवाडीले ३० मत प्राप्त गरेकी छन् ।

त्यस्तै दुई जना कार्यकारिणी पदका लागि तिन जनाको उम्मेदवारी परेको थियो । दीपा शिवाकोटी, निशा शाक्य र रोजिना पाण्डेको उम्मेदवारीमा दीपा शिवाकोटीले ५६ र निशा शाक्यले ५३ मत प्राप्त गरेर कार्यकारिणी उपाध्यक्षमा विजयी बनेका छन् । अर्की उम्मेदवार रोजिना पाण्डेले भने ३४ मत मात्र प्राप्त गरिन ।

जम्मा मत संख्या ८६ रहेकोमा ७६ जनाले मतदान गरेका थिए । खसेको सबै मतहरु सदर रहेको वर्तमान अध्यक्ष संगीता गिरीले आमसंचारलाई जानकारी दिइन ।

अन्य पदका पदाधिकारीहरू भने सर्वसम्मत निर्वाचित भएका छन् ।

तालिम संयोजक प्रियङ्का उप्रेती, कानुनी सल्लाहकार झुमा चुडाल, कोषाध्यक्ष अर्चना राउत, महासचिव मुना ढुङ्गेल, सहसचिव एलिना रिजाल, जनसम्पर्क अधिकारी तारा बस्नेत निरौला, शाखा सम्पादक रेनुका महतो सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा दुर्गादेवी ओली (कविता), कोपिला पोखरेल, चन्द्रकला रिजाल र अस्मिता राई चयन भएका छन् । करिव १५ दिन सम्म सर्वसम्मत ढंगबाट पदाधिकारी चयनको कसरतमा रहेको वीरता लेडी जेसीजमा आज निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0
Views: 16

प्रतिक्रिया (०)