Aamsanchar

ज्योतिराज राई संयोजकमा नियुक्त

Author Image
शुक्रवार, माघ ५, २०८०

काठमाडौं – चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति’को संयोजकमा निर्माता ज्योतिराज राई नियुक्त भएका छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन्। राईले यसअघि पनि समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए।

हाल उनी आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्याक्ष पनि हुन।

आदिवासी जनजाती चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन्। सात प्रदेशका विभिन्न १६ जातीबाट सिफारिस भएर आएका विभिन्न ब्यक्ति मध्यबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक ब्यक्ति संयोजका र अरु सदस्यहरुका लागि सिफरिस गर्ने सोहीअनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ।

बोर्डले राईको संयोजकमा छ सदस्यको समिति गठन गरेको हो। जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन र हरिसिंह रैखोला समितिको सदस्य सचीव रहेका छन्।

आफ्नो कार्यकालमा बिभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार विस्तार गर्ने, नितिगत रुपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर