Aamsanchar

संस्थागत क्षमता स्वमुल्याङ्कनमा सूर्योदय नगरपालिका जिल्लामै प्रथम 

Author Image
आइतवार, माघ ७, २०८०

फिक्कल । इलाम जिल्लाको पर्यटकीय नगरी सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० को पछिल्लो नतिजाअनुसार सूर्योदय जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो ।

इलाम जिल्लाका १० वटा स्थानीय तहमध्ये सूर्योदय नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन लिजामा ९६ प्रतिशत ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको हो ।

सूर्योदय नगरले समग्र स्थितिमा शतप्रतिशत, प्रक्रियागत स्थितिमा ९५ दशमलव ५९ प्रतिशत र परिमाणात्मक स्थितिमा ९४ दशमलव ४४ प्रतिशत अङ्क ल्याएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर