Aamsanchar

गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ को भिडियो सार्वजनिक

Author Image
सोमवार, माघ ८, २०८०

काठमाडौंँ । काठमाडौँ चर्चित लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरी’ सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गीतमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको संगीत रहेको छ । उक्त गीत मा बिनोद बाजुराली को संगीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी तथा विमल अधिकारी साथै रिया खड्का र दीपक पौड्याल को अभिनय रहेको उक्त गीत संगम लामिछाने युट्युब च्यानल बाट सार्वजनिक भएको छ । मौसम हिमाली को निर्देशन रहेको उक्त गीत नवराज उप्रेतीले खिचेका हुन्।

रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायिका संगम लामिछाने काठ क्षेत्रकी बहुत चर्चित गायिका हुन । काठ क्षेत्र मात्र नभएर पश्चिमी गीत सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमी गीत बजार मा ल्याएकी हुन। बहुचर्चित गीत बस बस पियारी का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गीत ए गौरी गायिका संगम लामिछाने ले सार्वजनिक गरेकी हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर