Aamsanchar

धरानमा हाईसको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

Author Image
बुधवार, माघ १०, २०८०

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका ८ स्थित भोटेपुलमा हाईसको ठक्करबाट एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ४६ बर्षीय शम्भु दर्जी रहेका छन् ।

हिजो दिउसो २ बजे इटहरीबाट धरान तर्फ जादै गरेको ना १ ज ७१२१ नम्बरको हाईस गाडीले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाईकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटर साईकल चालक दर्जीको उपचारको लागी घोपा धरानमा पुर्‍याउन साथ मृत्यु भएको कोशी प्रदेश प्रहरी कायाृलयले जनाएको छ ।

स्कुटर चालक सोही स्थान ८ बस्ने ४४ बर्षीय सुरज गजमेर सामान्य घाइते भएका छन् ।

दुर्घटनामा संलग्न हाईस गाडी, चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ बर्षीय तेजनारायण सदालाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा राखेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर