Aamsanchar

रामायणमा बिभिषणको भुमिकामा बिजय सेतुपतीको इन्ट्री, को को छन त अरू कलाकार ?

Author Image
शनिवार, माघ १३, २०८०

मुम्बइ । साउथ इन्डस्ट्री पछि विजय सेतुपति अब बलिउडमा पनि आफ्नो छाप छोड्दैछन् ।

हालै उनी कट्रिना कैफसँग फिल्म मेरी क्रिसमसमा देखिएका थिए । यस फिल्ममा उनको कट्रिनासँगको केमेस्ट्रीलाई पनि निकै मन पराइएको थियो । योसँगै यो फिल्मले दर्शक र समीक्षकबाट पनि राम्रो प्रतिक्रिया पाएका थियो । यसैबीच, विजय सेतुपतिको किट्टीमा अर्को फिल्ममा नजर हुने देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका दावी अनुसार विजय सेतुपति अब रणवीर कपूरसँग फिल्म रामायणमा देखिने छन्। यो फिल्मको लामो समयदेखि चर्चा भइरहेको छ । चलचित्रको कास्टिङ पनि तिब्र रुपमा भैरहेको छ । केही क्यारेक्टरका लागि कलाकार पनि छनोट भएका छन् । योसँगै अब फिल्ममा विजय सेतुपतिलाई पनि लिने चर्चा बाहिर भएको छ । समाचार अनुसार फिल्ममा विभिषणको भूमिकाका लागि उनलाई छनोट गरिएको छ ।

पिंकभिल्लाको नजिकको स्रोतका अनुसार नितिश तिवारीले विजय सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यति मात्र होइन, विजयले यो फिल्ममा पनि चासो देखाएका छन् । तर, कलाकारले अहिलेसम्म फिल्म साइन गरेका छैनन् र केही विषयमा टोलीसँग कुराकानी भइरहेको छ ।

रामायणका लागि स्वीकृत भएका कलाकार

रामायणका अन्य पात्रहरूको कुरा गर्दा रणवीर कपूर भगवान श्रीरामको भूमिकामा देखिनेछन् । यससँगै साई पल्लवी आमा सीताको भूमिकामा देखिने भएकी छिन् । यसबाहेक रावणको भूमिकाका लागि यश छनोट भएका छन् । यी तीन जनाको नाम टुंगो लागेको छ । तर हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको छ ।

यसैबीच यस स्टार कास्टको सूचीमा विजय सेतुपतिको नाम पनि थपिएको हो । अब विजयले फिल्म साइन गर्ने कि गर्दैनन् त्यो हेर्न बाँकी छ ।

कहिले रिलिज हुन्छ रामायण ?

यो फिल्मलाई नितिश तिवारी र नमित मल्होत्राले निर्माण गर्नेछन् । यो फिल्म अर्को वर्ष अर्थात् २०२५ मा दीपावलीको अवसरमा रिलिज हुनेछ । रिपोर्टका अनुसार फिल्मको प्रि–प्रोडक्सनको काम पनि सुरु भइसकेको छ र यो वर्षको मार्च महिनाबाट फिल्म फ्लोरमा जानेछ । योसँगै मार्चमा सबै स्टारकास्ट लिएर फिल्मको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर