Aamsanchar

बाह्रदशी जेसीजको पद हस्तान्तरण

Author Image
शनिवार, माघ १३, २०८०

बाह्रदशी । बाह्रदशी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले वर्ष २०२४ का अध्यक्ष खगेन्द्र सुवेदीलाई जेसीज चेन पहिराएर पद हस्तान्तरण गरिएको हो । बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाईको प्रमुख आतिथ्यतामा आयोजित समारोहका वीच बाह्रदशी जेसीजको पद हस्तान्तरण गरिएको हो ।

बाह्रदशी गाउँपालिकामा रहेको ज्येष्ठ नागरिका भवनमा आयोजित कार्यक्रममा वर्ष २०२३ का कानूनी सल्लाहकार सदिक्षा खड्काले आश्था बाचन गरेकी थिइन भने जेसीज मिसन भिजन वर्ष २०२३ का उपाध्यक्ष भिष्म प्रसाईले प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक वर्ष २०२३ का कोषाध्यक्ष नविन कुमार त्रितालले स्वागत गरेको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का निरुपित क्षेत्र “क” उपाध्यक्ष बहादुर तामाङ्ग, नेकपा एमालेका झापा क्षेत्र नं. ३ का इन्चार्ज लक्ष्मण पाठक, नेपाल रेडक्रस सोसाईटी कोशी प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतम, प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष उप्रेतीले उत्कृष्ट संयोजकमाा रुपमा राजु अधिकारी, उत्कृष्ट कार्य सम्पादनमा नविन कुमार त्रिताल, उत्कृष्ट वोर्ड मेम्वर सदिक्षा खड्का र उत्कृष्ट जेसीज वर्ष उत्कृष्टमा खगेन्द्र सुवेदीलाई सम्मान गरेका थिए ।

यसै वीच वर्ष २०२४ का अध्यक्ष सुवेदीले अध्यक्षता ग्रहण गर्दै बाह्रदशी जेसीजको गरिमालाई उच्च राख्न आफू लागिपर्ने प्रतिवद्धता जनाए । उनले जेसीजको विधान अनुसार संस्थालाई चलायमान बताए ।

निर्वाचन आयुक्त विगम श्रेष्ठले वर्ष २०२४ को पदाधिकारीको नाम घोषणा गरेका थिए । जसमा अध्यक्ष सुवेदी सहित कार्यकारीणी उपाध्यक्ष नविन कुमार त्रिताल र सदिक्षा खड्का, उपाध्यक्ष अर्जुन महतरा, पुष्प भट्टराई, राजु अधिकारी, डिक कुमार कटुवाल रहेको मनोनयन सभापति पुष्पलाल धमलाले जानकारी दिए ।

वर्ष २०२४ का अध्यक्ष सुवेदीले कानूनी सल्लाहकारमा नवराज दाहाल, महासचिव संजय शाह र कोषाध्यक्षमा तिर्थप्रसाद काफ्ले, जनसम्पर्क अधिकारी प्रकाश फूयाँल, सह–सचिव विश्वास गौतम, तालिम संयोजक आयुष्मा प्रसाई, सदस्य वृद्धि संयोजक विमला सुवेदी, युवा तथा वातावरण संयोजक भिष्म प्रसाई, स्वास्थ्य संयोजक सविना सिलवाल, खेलकुद संयोजक तिर्थराज कोइराला, प्रकरण संयोजक गोपाल उप्रेती, शिक्षा संयोजक गोकुल घिमिरेलाई मनोनित गरेका थिए । त्यस्तै महिला उत्थान संयोजक इन्दिरा चम्लागाई, सुचना तथा संचार संयोजक दिपजन चम्लागाई, संस्कृति संयोजक तुलसी खरेल, अतिथि सत्कार संयोजक विज्ञान बस्नेतलाई मनोनयन गरिएको घोषणा गरेका थिए ।

दुई सत्रमा आयोजित कार्यक्रमको संचालन प्रथम सत्र वर्ष २०२३ का महासचिव खगेन्द्र सुवेदीले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम संचालन २०२४ का महासचिव संजय शाहले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लागाईले बाह्रदशी जेसीजले वर्ष २०२३ मा उत्कृष्ट र रचनात्मक कार्य गरेको बताउदै बाह्रदशी गाउँपालिका जेसीज संग हातेमालो गरेर अघि वढ्ने उद्घोष गरे । उनले गाउँपालिकाले आगामी दिनमा पनि सहयोग पु¥याउने प्रतिवद्धता समेत जनाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर