Aamsanchar

गायक खरेललाई कतारमा सम्मान

Author Image
आइतवार, माघ १४, २०८०

कतार । नेपालका चर्चित झापाली गायक प्रमोद खरेललाई कतारमा सम्मान गरिएको छ । गायक खरेललाई कतार स्थित झापाली समाजले सम्मान गरेको हो ।
कतार भ्रमणका क्रममा दोहा शहर पुगेका  गायक तथा संगीतकार खरेललाई हिजो लालिगुराँस रेस्टुरेन्ट को एक हलमा आयोजना गरिएको औपचारिक कार्यक्रममा सम्मान पत्र सहित मायाको चिनो हस्तान्तरण गरिएको कतार झापाली समाजका अध्यक्ष केशव कार्कीले जानकारी दिए ।

झापाली र  सिंगो नेपालीहरूमा आइपर्ने दैवीप्रकोप, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोगी दाता बनेर सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

झापाली समाज कतारमा आवद्ध झापालीहरूले आफ्नै जिल्लाको प्रसिद्ध गायक खरेल आउँदा  परदेशमा रहेपनि स्वदेशमै भेटेजस्तो लागेको भन्दै गायक खरेलको स्वागत सम्मानमा १ सय २० जना झापालीहरू उपस्थित भएका थिए ।

कलाकारहरू देशका गहना हुन कलाकारलाई माया र हौसला दिनु नेपालीहरूको मुख्य दायित्वमा पर्ने हुँदा झापाली समाज कतारले गायक खरेललाई सम्मान गरेको अध्यक्ष कार्कीले बताए । उनले भने ‘ जानकारी पाएको खण्डमा अन्य प्रसिद्ध कलाकारहरूलाई पनि स्वागत सम्मान गर्दैजाने छौं ।’
केशव कार्कीको अध्यक्षतामा आयोजित स्वागत सम्मान  कार्यक्रममा समाजका  संरक्षक  चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइरालालगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष चानिलाल राजवंशीले स्वागत मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका महासचिव  विजय मगरले गरेका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर