Aamsanchar

त्रिभुवन आर्मी आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा

Author Image
आइतवार, माघ १४, २०८०

कास्की – त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको दोस्रो क्वाटरफाइनलमा आर्मीले साविक विजेता सङ्कटा क्लबलाई ३–० ले हरायो । आर्मीका दिनेश हेन्जनले २ र जिलेस्पी जङ्ग कार्कीले १ गोल गरे ।

अब आर्मीले सेमिफाइनलमा माघ १८ गते चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लबबीचको विजेतासँग खेल्नेछ । सेमिफाइनल प्रवेशका लागि माघ १६ गते चर्च ब्वाइज र एपीएफ खेल्नेछन् ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर