बिर्तामोड । झापाको बिर्तामोड ७ भुसावाडीमा रहेको बेल्स मोडल स्कुलले विविध कार्यक्रमका साथ चौथो वार्षिकोत्सव मनाएको छ ।
स्कुलका संस्थापक अध्यक्ष जयकुमार प्रसाईँको अध्यक्षतामा आयोजित वार्षिकोत्सव उद्घाटन समारोहमा संघीय संसद्का सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
विभिन्न जातजातिको सांस्कृतिक नृत्य, चित्रकला, गायन लगायतका अतिरिक्त विधाहरुमा विद्यार्थीहरूले प्रस्तुति दिएका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालय सँग जोडिएका पाँचजनालाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी व्यक्तित्व नरेशप्रसाद चुडाल, प्रथम अभिभावक दीपक कार्की र विष्णु बस्नेत, पूर्व शिक्षक कमल भट्टराई, उषा काफ्ले र सुजता खरेललाई सम्मान गरिएको छ । सम्मानित हरूलाई प्रमुख अतिथि घिमिरेले सम्मान गरेका थिए ।

२०५९ साल असोज १० गते सैनिक बाल शिक्षा अंग्रेजी बोडिङ स्कुलको नाममा झापाको शिवसतासी नगरपालिका ३ मा रहेको स्कुललाई ठाउँ र नाम परिवर्तन गरेर बेल्स मोडल स्कुलको नाममा २०७६ साल देखि सञ्चालन हुदै आएको स्कुलका प्रधानाध्यापक तारा प्रसाईँले जानकारी दिए ।


पुनः सञ्चालनमा आएको चार वर्षको अवधीमा १ हजार ७ जना विद्यार्थीहरू बेल्समा अध्ययनरत रहेका छन् । स्कुलमा ४६ जना शिक्षक र २० जना कर्मचारी कार्यरत रहेको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधारमा प्रशासनिक कोठा ३, कक्षा कोठा ३३, सभाहल १, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला रहेको छ । स्कुलले ६ वटा बस मार्फत विद्यार्थीहरूलाई सेवा प्रदान गर्दै आएको प्रधानाध्यापक प्रसाईँले बताए ।
कक्षा १० सम्म पठन पाठन गर्दै आएको बेल्स स्कुलले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
विद्यालयका संयोजक देवान ढुङ्गानाले गरेको कार्यक्रममा स्कुलको प्रगति विवरण विद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईँले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, प्रदेश सांसद एकराज कार्की, चिन्तन पाठक, पूर्व मेची बहुमुखी क्याम्पसका प्रमुख उमानाथ ओलीलगायतले विद्यालयको अझ प्रगति साथै उन्नतिको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक खगेन्द्र शिवाकोटीले गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाईँ, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनाल, सहसचिव देवेन्द्र हुमागाईँ, अभिभावक संघका अध्यक्ष ताराकुमार चापागाईलगायतको आतिथ्य रहेको थियो भने अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।