Aamsanchar

नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ मा भारतीय प्रसिद्ध कलाकारहरू, आगामी दशैँमा प्रदर्शनमा आउने

Author Image
बिहिवार, माघ १८, २०८०

काठमाडौँ ।  नीता ढुंगाना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘ह्रस्व दीर्घ’ आगामी दशैँको अवसर पारेर असोज ११ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले साउथ फिल्मका व्यस्त कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर प्रदर्शन मिति सार्वजनिक गरेको हो ।   

चलचित्रमा निता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, सरोज खनाल, नरेन खड्का, आदर्श मिश्रा, गरिमा शर्मा, लक्ष्मी पौडेल, रबिन्द्र झा, वसिम राजा, साउथ फिल्मका कलाकारहरू ब्रह्मानन्दम, अली, ‘पुष्पा’ का भिलेन सुनिल वर्मा, ‘गजनी’ का भिलेन प्रदीपराज रावतको पनि अभिनय रहेको छ । नेपाल र भारतमा छायांकन गरेको चलचित्र बिग बजेटमा निर्माण गरिएको निर्माण टिमले बताएको छ । चलचित्र चन्द्र पन्तले निर्देशन गरेका छन् ।   

दिल आपके पास है’, ‘वेलकम ब्याक’, ‘परदेश’ जस्ता बलिउड फिल्म छायाङ्कन गरेका कवीरलाल ‘ह्रस्व दीर्घ’ को छायाँकार हुन् । प्रेमकथामा बनेको चलचित्र नेपाल तथा भारतका फिल्म हल र प्रतिष्ठित ओटीटी प्लेटफर्ममा रिलिज गर्ने योजनामा निर्माण युनिटको छ । 

प्रसिद्ध ज्योतिषी समेत रहेका हरिहर अधिकारीले फिल्म लेखेका हुन् । फिल्ममा ब्रह्मानन्दमका साथै अली, ‘गजनी’ फेम्ड अभिनेता विजय रावतको पनि अभिनय छ । यो फिल्मका अभिनेता समेत रहेका दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार रिलिज मिति घोषणा भएको हो । नेपाली र तेलुगू भाषामा ब्रह्मानन्दमको क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । 

यो फिल्मबाट अभिनेत्री विपना थापाले कमब्याक समेत गरेकी छन् । तीन चरणमा छायांकन हुने फिल्मको पहिलो र दोस्रो चरणको सुटिङ सकिएको छ भने अन्तिम चरणको छायांकन भारतमा हुनेछ । भारतमा दुई गीतको छायांकन हुन बाँकी रहेको निर्मात्री ढुंगानाले जानकारी दिइन् । 

नेपालीसँगै यो फिल्मको प्रदर्शन भारतका क्षेत्रीय भाषामा समेत हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर