Aamsanchar

सिरियाको होम्स शहरमा इजरायली सेनाकाे आक्रमण

Author Image
बुधवार, माघ २४, २०८०

इजरायली सेनाले सिरियाको होम्स शहर र ग्रामीण इलाकामा हवाइ आक्रमण गरेको छ। आक्रमणमा परी सर्वसाधारणको मृत्यु र कैयौँ घाइते भएको सिरियाको साना समाचार एजेन्सीलाई उदृत गर्दै अल जजिराले जनाएको छ।

इजरायली लडाकु विमानहरूले लेबनानी शहर त्रिपोलीको उत्तरबाट स्थानीय समय अनुसार बिहान ३ बजे मिसाइल प्रहार गरेका हुन्। सिरियाली सेनाको चौकी र शायरात एयरबेसलाई निशाना बनाएर आक्रमण भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

छिमेकी सिरिया र लेबनानमा इजरायल र इरान समर्थित समूहबीच क्षेत्रीय तनाव बढ्दै गएपछि इजरायलले अक्टोबरदेखि सिरियामा आक्रमण बढाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर