Aamsanchar

पहिरोमा पुरिएका ५ जनाको ज्यान गयो, ४५ जनाको उद्धार

Author Image
बुधवार, माघ २४, २०८०

फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने दाभाओ दी ओरो प्रान्तको एक खानीमा गएको पहिरोमा परि पुरिएका ८६ जनामध्ये उद्धारकर्मीले ४५ जनालाई उद्धार गरेका छन् । पहिरोमा पुरिएर पाँच जनाको ज्यान गएको छ ।

सेनाको पूर्वी कमान्डकी प्रवक्ता रोजा मा क्रिस्टिना रोसेट म्यानुएलले घटनास्थल नजिकै रहेका झन्डै ६ सय जनालाई सुरक्षित ठाउँमा सारिएको र पहिरोका कारण कैँयौँ व्यक्ति प्रभावित भएका बताउनुभयो ।

झन्डै १० दिनदेखि परेको पानीका कारण खानीमा पहिरो गएको हो । फिलिपिन्समा यो हप्ता मुसलधारे वर्षाका कारण झन्डै आठ लाख मानिस प्रभावित भएका र २० जनाभन्दा बढीको ज्यान गएको फिलिपिन्स सरकारलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिह्वाले जनाएको छ । यस्तै ४१ जना बेपत्ता छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर