Aamsanchar

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन गराउन एमालेकाे आग्रह

Author Image
बुधवार, माघ २४, २०८०

बिर्तामोड- कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन गराउन नेकपा एमालेले आग्रह गरेको छ ।

दुई पटक बिथोलिसकेको कृषि बजार व्यवस्थापन समितिको निर्वाचन फेरि स्थगित भएकोे हो । सोमवार बिथोलिएको निर्वाचन आज हुने भनिएको थियो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृतले सूचना जारी गरी आजको निर्वाचन पनि अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन् । नेकपा एमाले जिल्ला कमिटी झापाका सचिव शिव ढुंगेलले प्रेस विज्ञप्ति जारी गरी अनिश्चितकालीन निर्वाचन स्थगित गरेको निर्वाचन समितिलाई तुरुन्त आफ्नो निर्णय सच्याउँदै निर्वाचन गर्न आग्रह गरेका हुन् ।

साथै निर्वाचन प्रक्रिया अगाडि नबढाएको खण्डमा आन्दोलन तथा कानुनी उपचारका लागि नेकपा एमाले अघि बढ्ने विज्ञप्तिमा चेतावनीसमेत दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर