Aamsanchar

बिर्तामोड–शनिस्चरे सडक एक हप्ता देखि ठाउँ ठाउँमा अवरुद्ध 

Author Image
शुक्रवार, माघ २६, २०८०

बिर्तामोड । झापाको एक मुख्य सहर बिर्तामोड देखि अर्को धार्मिक पर्यटकीय नगरी अर्जुनधाराको मुख्य बजार शनिश्चरे जोड्ने मुख्य सडक गत २० गते देखि अवरुद्ध पारिएको छ ।
सडक पुन निर्माणको लागि ठेक्का लागेको लामो समय सम्म सडक निर्माणको काम अघि नबढेका कारण  सडक क्षेत्रका बासिन्दाहरू धुलोको कारण प्रताडित बनेको भन्दै स्थानीयबासीले ठाउँ ठाउँमा सडक अवरुद्ध गरेपछि सो सडकमा यात्रु तथा मालबाहक सवारीहरू गुडन सकेका छैनन् ।

स्थानीयवासीहरुले शनिश्चरे रोडमा पर्ने पुलचोक देखि कप्तानवारी चोक सम्म ठाँउ ठाउँमा तारजाली र ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् ।
बाटो क्षेत्रका नागरिकहरूको भेलाले निर्णय गरेर तिन बुधे माग राखेर सडक बन्द गरिएको स्थानीयहरुको भनाई छ ।


स्थानीयवासीले अत्याधिक धुँवा धुलो उढेको, ठूला ठूला खाल्डाखुल्डी रहेको, पुरानो सडक भत्काएको कारण दुर्घटना बढेको र तुरुन्त बाटो निर्माणको काम सुरु हुनुपर्ने माग राखेका छन् ।
स्थानीय शिव आचार्यको संयोजकत्वमा गठित संर्घस मितिले उक्त मागहरू राखेर सडक अवरुद्ध गराएको हो ।


सडक निर्माणको लागि ठेकेदार कम्पनीले पाएको समय सिमा अवधि समाप्त भई सक्दा पनि सडक नबनेको कारण सो क्षेत्रको अवस्था कष्टकर बनेको छ ।

सडकको दुर्दशालाई बुझेर अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले सडक छिटो बनाउन ठेकेदारलाई दवाव दिदै आएपनि ठेकेदारले काम अगाडि बढाएको छैन । एक स्थानीयको भनाइ अनुसार केन्द्रमा पुगेर शक्तिको आडमा ठेकेदारले सडक निर्माणको लागि समय थप गराएको बुझिएको छ । तर सडक निर्माणको काम कहिले बाट हुन्छ भन्ने कुरामा स्थानीहरू जानकार छैनन् ।

अब सडक कहिले देखि बन्छ भनेर ठेकेदार सँग आमसंचारले बुझ्न खोज्दा यो समाचार तयार पार्दा सम्म ठेकेदार कम्पनीका प्रतिनिधिहरू सँग टेलिफोन सम्पर्क हुन सकेको छैन ।

ठेकेदारको ढिला सुस्तीको कारण धेरै विकास निर्माणको कामहरू लठिभद्र अवस्थामा रहेको पाइन्छ । बिर्तामोड–शनिस्चरे सडकको हालको विकराल समस्या प्रति सम्बन्धित पक्षको बेलैमा ध्यान पुग्न सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर