Aamsanchar

झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २३ वर्षीय युवकको मृ*त्यु, पछाडि सवार युवती घाइते

Author Image
आइतवार, माघ २८, २०८०

झापा- टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । शनिवार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं। ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न।को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा गम्भीर घाइते बन्नु भएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्सिया लीला गौतम घाइते हुनु भएको छ । दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले जनाकारी दिनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर