Aamsanchar

वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना 

Author Image
बुधवार, फागुन २, २०८०

बिर्तामोड । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको वीरता लेडी जेसीजको  पूर्व अध्यक्ष क्लबको अध्यक्षमा कञ्चना ढकाल सर्वसम्मत चयन भएकी छन् ।
हिजो बिर्तामोडमा सम्पन्न क्लबको तेस्रो साधारणसभाबाट सन् २०२४ को लागि नयाँ नेतृत्व चयन भएको हो । २०२३ का पूर्व अध्यक्ष क्लबका अध्यक्ष राधा सुब्बाले नयाँ अध्यक्ष वीरता लेडी जेसीज सन् २००९ की अध्यक्ष कञ्चना ढकाल सिटौलालाई पूर्व अध्यक्ष क्लबको अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको   वीरता लेडी सेसीजकी अध्यक्ष मिनु ओलीले जानकारी दिइन ।

क्लबको सचिवमा भने निवर्तमान अध्यक्ष संगीता गिरीलाई जिम्मेवारी दिइएको छ ।

संस्थापक अध्यक्ष शारदा ढकाल रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभामा  वक्ताहरूले वीरता लेडी जेसीजले पूर्व अध्यक्षहरु जेसीज नयाँ पुस्ताको लागि  आदर्श र संस्था संरक्षकको मूल खम्बा रहेको बताएका छन् ।

जेसीजलाई चिरकाल सम्म सक्रिय बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले गठन गरिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबमा हाल १८ जना पूर्व अध्यक्षहरू रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर