Aamsanchar

डेढ महिनामा श्रीलङ्काले पर्यटनबाट सात अर्ब रुपी कमायाे

Author Image
आइतवार, फागुन ६, २०८०

श्रीलङ्काले यस वर्षको पहिलो ४५ दिनमा पर्यटनबाट सात अर्ब रुपी अर्थात् लगभग २२ दशमलव ४ मिलियन अमेरिकी डलर कमाएको छ ।

श्रीलङ्काको सरकारी सञ्चारमाध्यम ुसन्डे अब्जर्भरु का अनुसार पर्यटनबाट ४५ दिनमा कमाएको यो रकम अहिलेसम्मकै धेरै हो । अहिले श्रीलङ्कामा दैनिक नौ हजार जना पर्यटक पुगिरहेका खबरमा उल्लेख छ ।

४५ दिनमा तीन लाख छ हजार सात सय जना पर्यटक पुगेका छन् । श्रीलङ्का जाने पर्यटकमध्ये सबैभन्दा धेरै भारत, अस्ट्रेलिया, चीन, भारत र रुसका रहेका छन् ।

आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा श्रीलङ्कामा झन्डै १५ लाख जना पर्यटक पुगेका थिए । आर्थिकरूपमा टाट पल्टिएको श्रीलङ्कामा पछिल्लो समय पर्यटक ओइरिन थालेका छन् । आउँदो वर्षसम्म श्रीलङ्काले वार्षिक २५ लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर