Aamsanchar

धरानमा प्रहरी र स्थानीयबीच झडप

Author Image
आइतवार, फागुन ६, २०८०

सुनसरी। इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका–१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपको अवस्था सृजना भएको हो ।

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौदेखि राख्दै आए पनि पुरा भएको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर