Aamsanchar

पपुवा न्युगिनीमा जातिय हिंसा, गोली हानाहान हुँदा ६४ जनाको ज्यान गयाे

Author Image
सोमवार, फागुन ७, २०८०

पपुवा न्युगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ६४ जनाको ज्यान गएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूहबीचको झगडामा गोली हानाहान हुँदा मानिसहरु मारिएका बीबीसीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ ।

पपुवा न्युगिनीको हाइल्याण्ड हिंसाग्रस्त क्षेत्र हो । तर अहिलेको आक्रमण र हत्यालाई यो वर्षकै दुःखद् र ठूलो हत्याकाण्डको घटनाका रुपमा हेरिएको छ । गएको वर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरिएको थियो ।

द्वन्द्वले उग्र रुप लिएपछि कर्फ्यु र यात्रामा प्रतिबन्ध घोषणा गरिएको थियो। त्यहाँका आदिवासीहरुबीच प्राय: जग्गा र सम्पत्तिको बाँडफाँटलाई लिएर द्वन्द्व हुने गरेको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर