![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240221_145330596.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
ग्रीसमा हजारौँ किसानले विरोध प्रदर्शन गरेका छन् । एथेन्सको केन्द्रीय स्क्वायरमा भेला भएर उनीहरुले संसद् भवन अगाडि ट्र्याक्टर पार्किङ गरी विरोध गरेका हुन् । उनीहरुले उत्पादन लागत बढ्दा आफूहरु मर्कामा परेको गुनासो गरेका छन् ।
सरकारले किसानलाई सहायता दिनुपर्ने बेलामा उत्पादन लागत बढाएको किसानको गुनासो छ । उनीहरुले ‘किसान छैन, खानेकुरा छैन, भविष्य पनि छैन’ भन्ने नारा लगाएका थिए । बिजुलीको लागत ८४ प्रतिशतसम्मले बढेको, मलको मूल्य पनि चर्को भएको किसानको गुनासो छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सरकारले प्राकृतिक प्रकोपबाट हुने क्षतिको तत्काल क्षतिपूर्ति, प्राथमिक क्षेत्रमा प्रयोग हुने बिजुली तथा इन्धनको न्यून मूल्य र करमा छुटलगायतले किसानको बोझ कम गर्ने उद्देश्यले प्याकेज कार्यक्रम घोषणा गरेको छ । तर किसानले खेतिलाई निरन्तरता दिन यी उपायहरू अपर्याप्त भएको बताउँदै आएका रोयटर्सले जनाएको छ ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोलासँग भेट गरेर हालै फ्रान्सदेखि पोल्याण्ड र ग्रीससम्मका किसानहरूको प्रदर्शनलगायतका विभिन्न विषयमा छलफल समेत गर्नुभएको थियो । भारतमा पनि किसानहरुले आन्दोलन गर्दै आएका छन् ।