![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240222_114015017.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ ।
अत्यधुनिक प्रविधियुक्त यो अन्तरिक्ष यान पृथ्वीमा खसेर क्यालिफोर्नियाको झण्डै दुई हजार किलोमिटर पश्चिममा प्रशान्त महासागरको वायुमण्डलमा जलेको बीबीसीले जनाएको छ । यसअघि कुनै पनि मिसन पृथ्वीको सतहमा पुगेर कसैले देख्ने गरी ध्वस्त भएको घटना नभएका खबरमा उल्लेख छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
युरोपेली अन्तरिक्ष एजेन्सीले सन् १९९० मा वायुमण्डल, जमिन र महासागरको नयाँ तरिकाले अध्ययन गर्न थालेको दुई वटा मिसनमध्येको एउटा ईआरएस टू हो ।
ईआरएस टूले बाढीको अनुगमन, महाद्वीपीय र महासागर–सतहको तापक्रम मापन र भूकम्पको समयमा जमिनको अवस्थाका बारेमा पनि अध्ययन गरी प्रक्षेपण गर्ने काम गरेको थियो । यसले विशेष गरी, पृथ्वीको सुरक्षाका लागि ओजोन तहको नयाँ क्षमताबारे पत्ता लगाएको थियो । ईआरएस टू अन्तरिक्ष यान अनियन्त्रित भएर पृथ्वीमा फर्किने कुरा यसअघि नै प्रक्षेपण भइसकेको थियो ।
ईआरएस टूसँगै गएको ईआरएस वान भने काम गर्न असफल रहे पनि यो अझै पृथ्वीभन्दा सात सय किलोमिटर माथि छ । त्यहाँबाट प्राकृतिक रूपमा तल खस्न एक सय वर्ष लाग्न सक्ने प्राविधिकहरुले बताएका छन्।