Aamsanchar

चिनमा जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु

Author Image
बिहिवार, फागुन १०, २०८०

गुआङझोउ-दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।

स्थानीय समयानुसार बिहान करिब साढे पाँच बजे एउटा कन्टेनर जहान नान्सा जिल्लाको लिक्सिनसा पुलको घाटसँग ठोक्किएको थियो । दुर्घटनामा एउटा मोटरसाइकलसहित पाँच सवारी प्रभावित भएका थिए । तीमध्ये दुई नदीमा र अर्को जहाजमा खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

दुर्घटनामा चालक दलका एक सदस्य सामान्य घाइते भएका छन् । उद्धार प्रयास जारी छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर