Aamsanchar

अब कांग्रेसबाट राष्ट्रपतिमा एक, प्रधानमन्त्रीमा दुई, मन्त्रीमा तीन र सांसदमा चार पटक भन्दा शपथ लिने छैन : शर्मा

Author Image
बिहिवार, फागुन १०, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट दुई पटकभन्दा बढी प्रधानमन्त्रीमा कसैले शपथ नलिने बताएका छन् । उनले यो विषय महासमिति बैठकले पारित गरिसकेको पनि उनले जानकारी दिए ।

जारी महासमिति बैठकको समापन समारोहमा उनले अब कांग्रेसबाट एकपटक राष्ट्रपति, तीन पटक मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाइने बताए । महामन्त्री शर्माले गठबन्धन मात्र महासमिति बैठकमा छलफल भएको भन्ने सन्देश बाहिर गएको भन्दै समग्र देशको परिस्थितिबारे पनि छलफल भएको जानकारी दिए ।

‘सबैलाई स्पष्ट पारौँ, त्यो विषयबाहेक अन्य धेरै विषयमा छलफल भयोस देशको स्थिति र परिस्थितिको विषमया छलफल भयो, मन माझामाझ भयो । अहिले एक ढिक्का भएका छौँ’, उनले भने । महासमिति बैठकले सुशासन र समुन्नतिको बाटोमा एक ढिक्का भएर छलफल गरेको र अबको १५ वर्षको बाटो कोरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर
इलाम २ मा सुहाङ विजयी
मङ्गलवार, वैशाख १८, २०८१