Aamsanchar

चन्द्रमामा अमेरिकाको निजी कम्पनीद्वारा अन्तरिक्षयान सुरक्षित अवतरण

Author Image
शुक्रवार, फागुन ११, २०८०

काठमाण्डौ – अमेरिकाको इन्ट्युटिभ मेसिन्स नामको निजी कम्पनीले चन्द्रमामा अन्तरिक्षयान राख्ने पहिलो व्यावसायिक सङ्गठन बनेर ऐतिहासिक रेकर्ड बनाएको छ । यो कम्पनीले ओडिसियस नामको रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव नजिकै पुर्‍याएको बीबीसीले जनाएको छ ।

रोबोटलाई चन्द्रमामा अवतरण गर्न केही समय लागे पनि पछि सुरक्षित अवतरण भएको सङ्केत पाएको यसका नियन्त्रकहरुले बताएका खबरमा उल्लेख छ । व्यावसायिक कम्पनीले चन्द्रमाको सतहमा अन्तरिक्षयान अवतरण गर्नुलाई व्यावसायिक क्षेत्रलाई मात्र नभएर समग्र अमेरिकी अन्तरिक्ष कार्यक्रमको लागि महत्त्वपूर्ण क्षण भएको उडान निर्देशक टिम क्रेनले बताउनुभएको छ ।

इन्ट्युटिभ मेसिन्सले चन्द्रमाको सतहमा अमेरिकाको आधा शताब्दीको अनुपस्थितिलाई तोडेको छ । यसअघि सरकारी कम्पनीले मात्र चन्द्रमामा अन्तरिक्षयान पठाउने गरेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर